हिपमत डटकम

बिहिबार, आश्विन २१, २०७८ || 525  पटक पढिएको

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नेको कहिल्यै पनि कल्पना नगरेको बताएका छन् । उत्तराखण्डमा रहेको ऋषिकेशमा ३५ अक्सिजन प्लान्ट विस्तारको क्रममा पुगेका मोदीले आज यस्तो बताएका हुन् ।

मोदीले आजकै दिन २० वर्ष पहिले गुजरातका मुख्यमन्त्री भएको समेत स्मरण गराए । उनले भने, ‘मैले कहिल्यै पनि प्रधानमन्त्री हुने कल्पना गरेको थिइन् । लामो समयदेखि जनसेवामा जोडिरहेको छु । २० वर्ष पहिले मुख्यमन्त्री हुँदा सिधै जनताको सेवा गर्ने मौका मिलेको थियो ।’ उनले उत्तराखण्डसँग आफ्नो कर्म र मर्मको गहिरो सम्बन्ध भएको पनि बताए ।

मोदीले कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना महामारीको कारण देशले १०० वर्ष कै सबैभन्दा ठुलो संकटको सामना गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!