निर्वाचनले दूरी बढाएकै हो त ?

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

बुधबार, आश्विन २०, २०७८ || 740  पटक पढिएको

कांग्रेसको आन्तरीक निर्वाचनले डा. शेखर कोइराला र, उनका समर्थकको दूरी बढाएको हो त ? यसबारे चोकचोकमा गरमागर्म चर्चा भइरहेको छ । अब चर्चा भएपछि नलेख्ने कुरा पनि त भएन । राजनीतिमा कुन नेतासित कुन समर्थक कतिबेला नजिक र टाढा हुन्छन् यसै भन्न सकिन्न ।
हो, यसपटकको महानगर कांग्रेस निर्वाचनमा कोइराला र उनका समर्थकबीच दूरी बढेकै देखिन्छ । डा. कोइरालाका समर्थक केदार कार्की, भीम पराजुली सन्तोष न्यौपानेतर्फ देखिए । डा. कोइराला भने दीपक चापागाईंतर्फ थिए भन्ने कुरा आएको छ ।

यद्यपि कोइरालाले खुलेर कसैलाई समर्थन नगरेको बताइरहेका छन् । नागेश कोइराला, उद्धव कोइराला, दामोदर कोइराला, निरञ्जन रिजालहरू जसरी दीपकको कित्तामा देखिए यसले स्पष्ट फरक कित्ता पुष्टि ग¥यो ।

राजनीतिमा इसारा काफी हुन्छ । मान्नुहोस् या नमान्नुहोस् यस निर्वाचनले नागेश कोइरालालाई बलियो बनाएको छ । उनको हिम्मत र सक्रियताको विजय भएको छ । उनी एक्लैले सुरुबाटै अघि सारिएका दीपकले फराकिलो मतान्तरले विजय हासिल गरेका छन् । डा. कोइरालाले के इसारा दिए त्यो पुष्टि हुन नसक्ला तर, उनका केही अन्ध समर्थक जसरी भिडेको देखियो दृश्य स्पष्ट नै भयो ।

नतिजाले कार्की र पराजुली कमजोर भएको प्रमाणित भयो नै । उनीहरूले उठाएका अरुण न्यौपाने कुनै गुटमा नरहेका कृष्ण कार्कीभन्दा पछि परे । कृष्ण कार्की तेस्रो स्थानमा आउँदा जम्मा चारको रेसमा न्यौपाने पुछारमा देखिनु राजनीतिक हार नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!