लेटाङ्। स्थानीयस्तरमा खेलकुदको विकास गर्ने र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले लेटाङ –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा लाफा क्लब लेटाङ्गले सनराइज युनाइटेड लेटाङ्गलाई ४-२ गोलले जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको १७ औं मिनेटमा लाफाका जर्सी न १७ का दिपेश श्रेष्ठले सहि दिशा दिएर टिमलाइ अग्रता दिलाएको थियो । त्यस्तै खेलको मिनेट नबित्दै १८औं मिनेटमा दिपेशले उत्कृष्ट गोल गर्दै खेललाइ २-० को अग्रता दिलाए ।

त्यस्तै सनराइजका खेलाडी जर्सी न १५ का दिल लिम्बुले ३२औं मिनेटमा लाफा विरुद्ध गोल गर्दै २-१ गोलको खेल बनाइरहदा ३९औं मिनेटमा लाफाका खेलाडी डि बक्स भित्र लडाए पछि पेनल्टी पाएको लाफाले दिपेशलाइ ह्याटि्रक गर्न मौका दिदै ३-१ को अग्रता दिलाएको थियो । त्यस्तै सनराइजका दिलले भने खेलको ४४औंमिनेटमा थप गोल गरे । दुबै टिमका खेलाडीहरुले धेरै राम्रा राम्रा अवसर पाएता पनि बलले जाली चुम्न नसक्दा सनराइजले ४-२ गोलको हार बेहोर्नु परेको हो । पहिलो क्वाटरफाइनलका म्यान अफ दि म्याच लाफा क्ल्ब लेटाङका दिपेश श्रेष्ठ घोषित भए ।

प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् । जम्मा १६ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने जनाइएको छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफि, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी दिए ।

भोलीको दोस्रो क्वाटरफाइनल खेल छत्रपुर युवा क्लब मिक्लाजुङ्ग भर्सेस लेटाङ ८ जाँते लेटाङ्ग बिच मिक्लाजुङ्ग ५ धानखेती चन्द्रमा बिद्यालय को खेल मैदानमा ठिक ३:०० बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!