हिपमत डटकम

सोमबार, माघ २७, २०८२ || 1094  पटक पढिएको

काठमाडौं – निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनसम्बन्धी सही जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ।

मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मत बदर हुनबाट जोगाउने विषयमा सचेत गराउन आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सामग्री प्रसारण गर्दै आएको छ। सोही कार्यक्रमलाई वडास्तरसम्म विस्तार गर्ने लक्ष्यसहित माघ १९ गतेदेखि विशेष मतदाता शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ।

कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवक छनोटका लागि बाल विकास सहजकर्ता, स्वास्थ्य स्वयंसेविका, मातृशिशु कार्यकर्ता वा सामुदायिक अध्ययन केन्द्रका परिचालकलाई प्राथमिकता दिइनेछ।

मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगले रासस, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण नेपाल, विज्ञापन बोर्ड र प्रेस काउन्सिल नेपालसँग सहकार्य गरिसकेको छ।

आयोगका अनुसार प्रभावकारी मतदाता शिक्षाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!