हिपमत डटकम

मंगलबार, आश्विन १९, २०७८ || 729  पटक पढिएको

चाडबाड नजिकै आउँदै गर्दा कोरोना महामारीको जोखिम पनि बढ्दो छ । विराटनगरको स्थानिय बजारमा भीड बाक्लै छ भने सीमान्त जोगबनीमा खुट्टा टेक्ने ठाउँ छैन । भारतका विभिन्न स्थानमा काम गर्ने नेपाली कामदारहरू चाडबाडको बेला घर फर्कन सीमान्त रानी नाकाको प्रयोग गर्ने गरेका छन् । कोरोना महामारी अन्त नभइसकेको अवस्थामा घर फर्कनेले कोरोना संक्रमणलाई व्यापक बनाउने हो कि भन्ने चिन्ता जनमानसमा छ । चाडबाडको मुखैमा खोलिएका सीमानाकाले कोभिड–१९ को त्रासलाई उच्च बनाएको छ ।

तर कोरोना डरकाबीच एउटा राहतको खबर सार्वजनिक भएको छ । यसअघि फेला परेका कोरोना भेरियेन्ट बाहेक अन्य नयाँ भेरियेन्ट सम्भावना नरहेको तथ्य सार्वजनिक भएको हो । कोरोना विरूद्धको खोप एस्ट्रेजेनिका निर्माणकर्तामध्येकी एक प्रोफेसर डेग साराह गिलबर्टले कोभिड–१९ सर्दी खोकी जस्तै सामान्य बन्दै जाने दावा गरेका छन् ।

 

उनले समयक्रमसँगै कोभिड पनि रूघामर्की झैं हुँदै जाने दावी गरे । गिलबर्टले मानिसहरूमा अत्याधिक प्रतिरोधात्मक क्षमताको विकास हुँदै गएको कारण कोरोना भाइरस कमजोर बन्दै जाने दावी गरे ।

कोरोनाको संक्रमण उच्च हुँदै गएपछि सर्वसाधारणले पौष्टिकयुक्त भोजनमा जोड दिएका थिए । कोभिसिल्ड, भेरोसेल, एस्ट्रेजेनिका, फाइजर खोप लगाएपछि सर्वसाधारणमा प्रतिरोधात्मक क्षमता उच्च हुँदै गयो । सर्वसाधारणमा पनि कोरोनालाई लिएर त्यति सारो डर देखा पर्न छाडेको छ ।

अधिकांशले कोरोना विरूद्धको खोपको दोस्रो डोज लिइसकेको हुँदा कोरोनाको बीटा भेरियन्टले खासै असर गर्न नसक्ने भाइरस विशेषज्ञहरूको दावी छ । नेपाल र भारतमा तेश्रो लहरको कोरोनाको सम्भावना कम हुँदै गएको छ । कोरोनाको नयाँ भेरियन्ट देखा परिहाल्यो भने पनि यसले तेस्रो लहर ल्याउन नसक्ने चिकित्सकहरूको दावी छ ।

चिकित्सकहरू कोरोना विस्तारै स–सानो संख्यामा सिमित क्षेत्रमा देखा पर्ने बताउँछन् । न्यू सृष्टि दैनिकसँग कुरा गर्दै विराटनगर महानगरपालिकाका जनस्वास्थ्य प्रमुख रमेश कार्की कुनै पनि महामारी लामो समयसम्म उच्च नरहने बताउँछन् । उनले विभिन्न समय र कालखण्डमा महामारीले विश्वमा उत्पात्तै मच्चाएको तर समयचक्रसँगै प्रभाव कम हुँदै नियन्त्रणमा आएको बताए ।

उनले जोखिम कायमै रहेपनि सर्वसाधारणले उच्च सतर्कता र सजगता अपनाए कोभिड–१९ को प्रभाव कमजोर बन्दै जाने बताए । प्रमुख कार्कीले कोरोना विरूद्ध दुई डोज खोप लगाएपछि प्रतिरोधात्मक क्षमतामा उल्लेखनीय वृद्धि हुँदै गएकोले संक्रमितको संख्या कम देखिन थालेको जिकिर गरे । कोरोनाको प्रभाव कम हुँदै गएपनि सामाजिक दुरी, मास्कको प्रयोगलाई भने छाड्न नमिल्ने तर्क कार्कीले गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!