झापा । मेचीनगर नगरपालिका-१५ किसान कामत भन्ने स्थानबाट करिब ८ लाख रुपैयाँ बराबरको मूल्य ४ सय २० जोर पार्टी सुज र सपोर्ट सुज आइतबार राति प्रहरीले बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अबैधरुपमा भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उक्त सामान फेला पारी ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले बरामद गरेको हो ।
सामान छोडेर हाल फरार मानिसको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।