प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति सुरक्षाको स्थिति सामान्य र सन्तोषजनक रहेको बताएका छन् । शनिबार संसदको प्रतिनिधिसभा बैठकमा विषेश सम्बोधन गर्दै उनले भने,‘ यो अवस्थामा देशमा शान्ति सुरक्षाको स्थिति सामान्य र सन्तोषजनक रहेको छ । सरकार छ, हामी सुरक्षित छौँ भन्ने अनुभूति गर्न सक्ने सुरक्षित र ढुक्कको परिवेश बनाउन सरकार सफल भएको छ ।’

प्रधानमन्त्री ओलीले थपे, ‘अपराधीहरु काननुको कण्ठघरामा उभिन र सजाय भोग्न बाध्य छन् । राष्ट्रिय सुरक्षाको सम्रग परिवेश समस्या रहित रहेको छ ।’ निर्मला हत्याका दोषी उम्किन पाउने अब सम्भव नरहेको उनले बताए । ‘निर्मला हत्या काण्डलाई जति सुकै गिजोल्न र अपराधी जोगाउन अनेकौँ हत्तकण्डा प्रयोग भए पनि अन्ततः दोषी उम्काउन अब सम्भव छैन । पक्राउ परी अपराधीले कानुनी कण्ठघरामा उभिनुनै पर्नेछ ।’

गत वर्षको कञ्चनपुरकी १४ वर्षीय निर्मला पन्तको बलात्कारपछि हात्या भएको थियो । दोषी अझै कानुनी कारबाहीमा आउन सकेको छैन । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायको निरुपणको गति अगाडि बढेको बताए ।

‘संक्रमणकालीन न्यायको सन्दर्भमा विभिन्न कोणबाट अझै प्रश्न उठिरहेको मेरो जानकारीमा छ । द्धन्द्धका पक्षहरु र द्धन्द्धका पीडित सबै पक्षहरुसँगको सहकार्य, समन्वय र समझदारीमा यस्ता विषयहरु छिनोफानो हुने हुँदा यसले अलि समय लिनु स्वभाविक नै हो । विभिन्न तहका वार्ता छलफल संवादपछि हाल सत्य निरुपण तथा मेलमिलाप ओयाग र बेपत्ता नागरिक छानविन आयोग गठन गरिएका छन् । अब संक्रमण कालीन न्यायको काम निष्कर्षमा पुग्ने छ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!