हिपमत डटकम
विराटनगर , मंसिर–१५ । आजकै दिन त्रेता युगमा भएका श्रीराम जानकी विवाहको शुभ साइत विवाह पञ्चमीको शुभ अवसरमा अनेकतामा एकताको झझल्को प्रस्तुत गर्ने एउटा फरक सोंचका साथ एक कार्यक्रम बीच हिपमत मिडिया हाउस प्रा.लि.को शुभारम्भ गरिएको छ ।
यस मिडियाले आफ्नो शुभारम्भ नै फरक किसिमले गरी समाजमा नयाँ संदेश दिन प्रयास गरेका छन् । अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ठ अतिथि नै नराखि सबैलाई समान रुपमा सम्मानित गरी हिपमत मिडिया हाउसद्वारा संचालित हिपमत डटकम अनलाईन पत्रिका, हिपमत अनलाईन टेलिभिजनको शुभारम्भ गरेको छ ।
हिपमत मिडिया हाउसले अनलाईन पत्रिका तथा अनलाइन टेलिभिजन मार्फत समाचार, विभिन्न भाषा भाषीका लेख रचना तथा कार्यक्रमहरु निर्माण गरी प्रकाशन एवं प्रशारण गर्ने छ ।
यस हिपमत मिडिया हाउस प्रालिका प्रेरक स्वेच्छिक समाजसेवी देवकिशन मून्दड़ाले अनेकतामा एकताको सन्देश तथा विविधतामा बहुलताको भेष समेट्दै हिपमत पथमा हिड्नु भएका सम्पूर्ण हिपमतकर्मीलाई शुभकामना एवं बधाई दिनु भयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष बन्धु पोखरेलले मिडिया हाउसको प्रगतिको कामना गर्दै सस्तो लोकप्रियताकोलागि आधारहिन समाचार प्रकाशन प्रशारण नगर्न तथा प्रत्रकारिता धर्मको पालना गर्न आग्रह समेत गर्नु भयो ।
नेपाली कांग्रेसका नेता यदु कुमार बिष्टले छिटो छरितो सुचना प्रवाह गर्न उपयुक्त माध्यमको रुपमा रहेको अनलाईन मिडियाको निकै महत्व बढेको बताउदै मिडिया हाउसलाई शुभकामना दिनुभयो । त्यस्तै नेकपा नेता मृतुञ्जय झा तथा विवेकशील साँझाका नेता अमलेश कर्ण पनि प्रगतिको शुभकामना दिनुभयो ।


कार्यक्रममा गायक रामा मण्डल, सुमित खडका, सिताराम पोखरेल, विरेन्द्र झाले शुभकामना दिदै यस मिडियाले सांस्कृतिक माध्यमबाट समाजलाई एकताको सुत्रमा बाध्ने जुन सोचले अगाडी बढेको छ त्यो अति नै सराहनीय रहेको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेलले यस मिडिया हाउसको नाम र कार्यक्रम गर्ने शैली नै फरक तथा आकर्षक रहेको र अनेकतामा एकताको झझल्को हिपमतबाट नै प्रस्तुत भएको भन्दै प्रशंसा गर्नु भयो ।
हिपमत मिडियाका प्रधान सम्पादक प्रकाश प्रेमीले मिडिया हाउसको विषयमा बोल्दै कसै प्रति आग्रह पूर्वाग्रह नराख्ने, तटस्थ रही सत्य तथ्य सामाचार सम्प्रेशन गर्ने तथा पुर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म सम्पूर्ण नेपाली अनुहार यस मिडियामा हेर्न सकिने बताउनु भयो । यस मिडियाले सामाजिक, सांस्कृतिक र ओझेलमा परेका वा लुकेर रहेका प्रतिभाहरुलाई समेत स्थान दिने तथा सांस्कृतिक एकताको झझल्को हिपमता मिडियामा हेर्न सकिने उल्लेख गर्नुभयो ।
अध्यक्ष तथा प्रकाशक बीरेन्द्रकुमार साहले हिपमत मिडिया हाउसको अवधारणा सम्बन्धी जानकारी गराउँदै विभिन्न जातजाती भाषाभाषीहरुको कार्यक्रम निर्माण गरेर प्रकाशन प्रशारण गर्ने तथा बेथितिको खबरदारी संगै प्रतिभाको उजागर एवम् सामाजिक काममा समेत सकृय सहभागीता रहने बताउनु भयो ।
यस कार्यम्रममा राष्ट्रिय मारवाड़ी परिषदका उपाध्यक्ष भिखमचन्द सरल, साहित्यकार सरिता तुलाधर, कलाकार अञ्जना कट्टेल, निरज ब्लायक, पत्रकार वरुण मिश्र, नवीन कर्ण, शुसीला पाठक, श्याम सुन्दर सुतिहार, पदम सरदार, जेपी महतो सहित हरिप्रशाद घिमिरे, शंकर महत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!