प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् ।

 

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छिन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।-File Photo

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!