विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र दिएको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको हो ।

अभियान अन्तर्गत मोरङको पथरी–शनिश्चरेमा सम्पन्न भेलाले नगरपालिकाको १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

राष्ट्रियसभाका पूर्व सांसद, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलाले भीमबहादुर रसाईलीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा फुलमाया दर्जी, सचिवमा केशिका महत (दर्जी), सह–सचिवमा अनिता गदाल बि.क. र कोषाध्यक्षमा जगत नेपाली चयन भएको हो । त्यस्तै सदस्यहरुमा गीता पाँचकोटी, श्याम रसाइली, कमला विश्वकर्मा, इन्दीरा सुन्दास, काजिमान खाती, भक्त दर्जी, सीता भूषाल, सरला बिक, गंगा बिक, सरिता शिवा, उर्मीला बिक, नरेन्द्र नेपाली, कुमारी बराइली, फुलमाया गहतराज, विमला दर्जी, लोकबहादुर दर्जी, अञ्जना दर्जी, देविका खाती, सुजता बिक, अनिता गदाल (क), धनबहादुर लकान्द्री, कमला रसाइली, पदम विश्वकर्मा, बीर बहादुर ऋषिदेव, काशिलाल मुसहरलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा कमला बिक, सीता तिरुवा, कुमारी सार्की, विष्णु सार्की, जुना बयलकोटी, मुना शिवा, अग्नि सुन्च्यूरी, तेजबहादुर घतानी, विक्रम विश्वकर्मा, मुना परियार, इन्दीरा बिक, ज्ञानबहादुर बिक, रत्नबहादुर गजमेर, सुर्य लामिछाने, समुयल गजमेर, भक्तिमाया बराइली, पवित्रा बिक, कुमार बिक, तेजकुमारी बिक, बलबहादुर बिक, र धनराज दियालीलगायत रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
भेलाले छनौट गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाजका केन्द्रीय सदस्य भद्रमान विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले शपथग्रहण गराएका थिए ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) प्रदेश कमिटी सदस्य, मुक्ति समाज प्रदेश १ का इन्चार्ज तथा राष्ट्रियसभाका पूर्व सांसद खेम नेपालीले सिंगो दलित समुदायको अधिकारका लागिसम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताए । उनले ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित हुनुुपर्ने बताए ।

कार्यक्रममा नेकपा (एमाले) प्रतिनिधि परिषद सदस्य युवराज शिवाकोटी, मुक्ति समाज केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज गोपाल लकान्द्री, नेकपा (एमाले) मोरङका सचिवालय सदस्य तथा मुक्ति समाज मोरङका सह–इन्चार्ज जितनारायण सरदार, केन्द्रीय सदस्यहरु दिपेन्द्र पासवान, भद्रमान विश्वकर्मा, प्रदेश कमिटी सदस्य बीरध्वज शिवा, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!