हिपमत डटकम

सोमबार, आश्विन ११, २०७८ || 462  पटक पढिएको

काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नवलपरासी (पश्चिम) मध्यबिन्दु नगरपालिका-८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त ब्राउनसुगर काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने मोरङ उर्लाबारी नगरपालिका-२ घर भएका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि सोही महानगरपालिका-३० ज्ञानेश्वरबाट बा.७० प २४९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तामाङलाई समेत २७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!