खबर ठुलो छ

बिराटनगर । काशीनाथ चुडाल क्षेत्रिय प्रतिनिधिमा अत्याधिक मतका साथ विजयी भएका छन् । नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनमा उनी विराटनर-४ बाट क्षेत्रिय प्रतिनिधिको उम्मेद्धार बनेका थिए ।

चाकरी र चाप्लुसी नगरी ईमान र आदर्शको राजनितिबाट पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने उनी उदाहरणीय पात्र हुन् । उनी स्वच्छ, इमान्दार स्टेट फरवार्फ स्वभावका छन् । उनी कोेही रिसाउछ वा खुसी हुन्छ भन्ने सोचेर व्यवहार गर्दैनन्, असत्यलाई सत्य हो भन्दैनन् । जे सत्य हो त्यो मात्र गर्छन् र भन्छन । कर्म र मेहनतमा विश्वास गर्ने उनी मोरङको राजनीतिमा उदयमान् रानीतिज्ञ हुन् ।

विपीको समाजबादी दर्शनबाट प्रेरित उनी सामाजिक रुपान्त्तरका लागि मरिमेटने र समाजका अन्याय, अत्याचार, बिभेद र विकृतिका विरुद्ध शसक्क्त आवाज उठाउने अभियन्ता समेत हुन् ।

नेपालको राजनिती अलि संक्रमित बन्दै ट्रयाकबाट बाहिर जान खोज्दैछ त्यसलाई हामी जस्तै युवाहरुले नै सुधार गरी अझ उन्नत बनाउदै लैजानु पर्छ त्यसका लागि म जस्तो सुकै योगदान र बलिदान गर्न तयार छु ।’ जितपछि उनले बताए ।

चुडालले महानगरबाट जिल्ला सदस्यमा आफ्नो उम्मेद्धारी घोषणा गरेका छन् । जिल्ला सदस्यको रुपमा चुनाव जित्ने कुरामा उनी ढुक्क छन् । सवै मतदाता सदस्यका वीचमा अव भेटघाटको लागि जादैछु । सवैको आर्शिवाद लिन्छु । मलाई लाग्छ मतदाता सदस्यहरुले फेरी पनि मलाई काम गर्ने अवसर दिनु हुनेछ, उनले बताए ।

तपाँइको जिल्ला सदस्यमा जित्ने आधार के ? भन्ने प्रश्नमा उनी भन्छन,अहिले पनि मैले लोकप्रिय भोट ल्याएर जिते अव पनि मलाई मोरङबासी नेपाली कांग्रेसका बुवा, आमा, दिदी, बहिनी, दाजु भाई सवैले हौसला र प्रेरणा दिई रहनु भएको छ त्यसैले पनि मेरो जनाधार राम्रो छ र मलाई विश्वास छ जिल्ला सदस्यमा पनि अहिले झै बिजय हुनेछ ।

विराटनगर-४ का स्थायी बासिन्दा चुडाल दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरुसंग आवद्ध छन् । उनी लाइन्स क्लव ३२५ डिष्ट्रिक ए वान का सिनियर एडभाइजर पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया