शनिबार, फाल्गुण ०३, २०७६ || 498  पटक पढिएको

बलिउडमा चर्चामा रहेका प्राय कलाकारका लाखौं प्रसंसक छन् । लाखौं प्रसंसक बनाउन सफल तिनै कलाकार सार्वजनिक रुपमा कार्यक्रममै देखिने भएपछि उनका प्रसंसक आफ्ना अभिनेतालाई भेट्न के सम्म गर्देनन् भन्ने उदाहरण हालै भारतमा घटेको छ । बलिउड सबै हस्तीहरुलाई एउटै छानामुनी भेट्न एकजना प्रसंसकले ६ सय किलोमिटरको यात्रा गरेका छन्, त्योपनि साइकलमा । भारतको गुहाहिटीमा हुन लागेको आगामी फिल्म फेयरमा उनले सलमान खान पनि आउने जानकारी पाए लगत्तै यात्रा सुरु गरेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

सलमान खानलाई भेट्न चाहाने प्रसंसकको नाम भूपेन लिक्सन हो । उमेरले ५२ वर्ष टेकेका उनको सलमान प्रतिको क्रेजलाई उमेर र ताकतले रोक्न सकेन । भोपालको तिनसुकिया जिल्लाबाट ८ फेब्रुअरीबाट यात्रा सुरु गरेको उनी लगातार ६ दिनको यात्रा गरेरे गुवाहिटी पुगेका छन् ।६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।

उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् ।त्यसो त उनी साइकलमा किर्तीमान नै बनाउने खालका प्रसंसक पनि हुन् । उनले सन् २०१३ मा साइकलको ह्यान्डल नसमातिकनै एक घण्टामा ४८ किलोमिटरको यात्रा गरेका थिए । उनको यो रेकर्ड इन्डिया बुक अफ रेकर्डमा दर्ता छ । सलमान खानलाई पनि साइक्लिङ निकै मन पर्ने भएका कारण आफ्नो साइकल र सलमान प्रति लगाव रहेको प्रतिक्रिया उनले दिने गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!