खबर ठुलो छ

पर्सा । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका-८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३० वर्षीय रोहित साह कानुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मसला उद्योगमा बढी नाफा कमाउने उदेस्यले आफ्नो उद्योगको मसलाहरूमा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबल प्रतिलिपि टाँस गरी वीरगंज महानगर तथा अन्य स्थानहरूमा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट समेतबाट खटिएको प्रहरीले उक्त अन्नपूर्ण मसला उद्योगमा तलासी गर्दा चाटकर बिएमपि स्पाइसिज उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलिङ गरेका मसला ६ सय ५४ पोका, कच्चा मसलाहरू १० बोरा, मसला पिस्ने मेसिन १ थान र चाटकर उद्योगको ट्रेडमार्क र डिजाईनर लेबलहरू बरामद गरी उनलाई पक्राउ गरेको हो ।

उनी उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ प्रतिलिपि अधिकार ऐन, २०५९ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया