पछिल्लो पुस्ताका लोकप्रिय गायकद्वय डम्बर नेपाली र निशान भट्टराईले आफ्नै थातथलोमा पहिलोपल्ट एकसाथ सांगीतिक धुम मच्चाउने भएका छन् ।
डम्बर र निशानलाई स्टेज शेयर गराउने कार्यक्रमको तयारीलाई यू –यूथ अफ उर्लाबारीले व्यापक बनाएको छ । यहि फागुन ९ गते महाशिवरात्री पर्वको अवसर पारेर उर्लाबारीमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको संस्थाका सहसचिव समेत रहेका कार्यक्रम संयोजक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय सिंघिम होटल परिसरमा हुने कार्यक्रममा चर्चित कलाकारको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । वार्षिक क्यालेण्डर अनुसार नै संस्थाले शिवरात्रीमा सांगीतिक साँझ आयोजना गरेको श्रेष्ठको भनाई छ ।
यू – यूथ उर्लाबारीका अध्यक्ष प्रेम शर्माका अनुसार कार्यक्रम नेपाली परम्परा र सस्कृतिलाई जगेर्ना तथा धार्मिक पर्वहरुलाई समेट्दै समाजका सबै तह र तप्कासँग सहकार्य गर्दै गरिन लागिएको हो ।
मोफसलमा पनि यस्ता कार्यक्रमहरु गर्दैगर्दा स्थानीय ठाउँको पनि परिचय झल्किने हुँदा बृहत सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ख्यातिप्राप्त टेलिभिजन रियालिटी शो नेपाल आइडल सिजन १ का उपविजेता समेत रहेका गायक निशान भट्टराई र यूवा पुस्ताका ढुकढुकी अर्का गायक डम्बर नेपालीको आगमनपूर्व नै उर्लाबारीमा महाशिवरात्री साँझप्रति संगीत पारखीहरुले अभिरुचि दर्शाउन थालेका छन् ।
यसैबीच गायकद्वय निशान र डम्बरलाई सोही कार्यक्रममा सम्मान गरिने भएको छ । उर्लाबारीमा जन्मिहुर्की राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याति कमाएका भन्दै गायकहरुलाई सम्मान गर्न लागिएको हो । संगै नेपाली संगीतको श्रीवृद्धिमा योगदान पुर्याएकोले उनीहरुलाई सम्मान गर्न लागिएको आयोजक यू – यूथ अफ उर्लाबारीले जनाएको छ । नेपाली संगीत क्षेत्रमा ‘भर्सटायल’ गायकका रूपमा स्थापित डम्बर नेपालीका सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनका ‘अन्तिम पटक भेट्न आउँ’, ‘तिम्रो पाउँजु बजेर’, ‘आज आकाशमा

एउटा तारा’ लगायत गीत चर्चित छन् । यस्तै, गायक निशान भट्टराई पछिल्लो पटक चलचित्रका पाश्र्व गायनमा जमेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!