शुक्रबार, फाल्गुण ०२, २०७६ || 917  पटक पढिएको

दक्षिण भारतिय चलचित्र ‘अर्जुन रेड्डी’मा काम गरेर चर्चामा आएका अभेनता विजय देवरकोंडा बलिउड चलचित्रको तयारी गरिरहेका छन् । पुरी जगन्नाथको निर्देशनमा बन्न लागेको ‘फाइटर’बाट उनले बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

चलचित्रको लागि विजय केही दिन अगाडि नै मुम्बाई आइसकेका छन् । आफ्नो बलिउडमा डेब्यु चलचित्र भएकाले चलचित्रलाई लिएर विजय निकै गम्भिर बनिरहेका छन् । त्यसैले पनि उनी चलचित्रको प्रि-प्रोडक्सनमा पनि समय दिइरहेका छन् ।

दक्षिण भारतिय स्टार विजयसँग कुन नायिकाको जोडी बाँधिने हो भन्ने धेरैलाई चासोको विषय बनेको थियो । चलचित्रको लागि जान्वी कपुर र आनन्या पाण्डेको नाम अगाडि आइरहेको थियो ।

अब भने चलचित्रमा विजयको जोडी बन्नको लागि निर्माण पक्षले आनन्यालाई पक्का गरेको छ । चलचित्रको लागि सानो उमेरको ‘क्युट’ नायिकाको खोजीमा निर्माण पक्ष रहेको थियो । त्यसमा उनीहरुको रोजाईमा आनन्या परिन् ।

आनन्या चलचित्रको कथाबस्तु राम्रो भएका कारण चलचित्रमा काम गर्न तयार भएको बताउँछिन् । उनीहरुबीच लिखित सम्झौता पनि भइसकेको छ । चलचित्र अब पूर्ण रुपमा छायांकनकोलागि तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!