हिपमत डटकम

आइतबार, आश्विन ०३, २०७८ || 855  पटक पढिएको

पेटको छाला च्यातिने समस्याले हरेक महिलालाई सताइरकेको हुन्छ । जब एउटी महिला गर्भवती हुन्छिन् तब उनको पेटमा हुर्कदै गएको बच्चाको आकार सँगसँगै उनको पेटको छाला पनि तन्किन थाल्दछ । उक्त तन्किएको छाला बच्चा जन्मिसकेपछि दाग बनेर बस्छ ।

जसले महिलाको सौन्दर्यमा कुरुपता थपिदिन्छ । जसको उपचारका लागि महिलाहरु कति औसधीको प्रयोग गरिरहेका हुन्छन् तर त्यस्ता औसधीहरुबाट पनि कुनै प्रगती हुँदैन । र हैरान भइसकेका हुन्छन् महिलाहरु ।

तर हामी घरभित्रकै औसधीहरु प्रयोग गरेर च्यात्तिएको छालाको उपचार गर्न सक्षम छौ । त्यसैलै भान्साभित्रैका यी हुन् च्यात्तिएको छालालाई निको पार्ने उपायहरू :

१. चिनी: २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्नुहोस्। त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्नुहोस् र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्नुहोस्। १० मिनेटपछि त्यसलाई पखाल्नुहोस्। यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।

२.आलु: आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन९ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ।

त्यसैलेस आलुलाई काटेर मोटो चिरा बनाउनुहोस्। त्यसलाई दागमा दल्नुहोस्। केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्नुहोस्। दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्।

३. सुपारी: सुपारीमा प्रशस्त भिटामिन९ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्। ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउनुहोस्।

त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्नुहोस्। राति यसको लेप लगाएर विहान उठेर पखाल्नु उचित हुन्छ। खत नहराउञ्जेलसम्म यो विधि अपनाउनुपर्दछ।

४. घिउकुमारी: घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सक्नुहुन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुहोस्।

यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउनुहोस् र १०/१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।

५. अण्डा : अण्डाको सेतो भाग उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!