
काठमाडौँ — नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू अन्तिम रूपमा तय गरेको छ।

बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी कुल २१५४ प्रतिनिधि सहभागी हुने निर्णय गरेको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिए। साथै, केन्द्रीय सल्लाहाकार परिषदका ३०९ सदस्य पनि महाधिवेशनमा सहभागी हुनेछन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ।
