खबर ठुलो छ

संखुवासभा जिल्ला मादि नगरपालिका ४ डाँडा गाउँ घर भई हाल बिराटनगर बस्दै आएका सामाजिक अभियन्ता सरोज कोईरालाले आफ्नो २२ औ जन्मदिनको अवसरमा मकालु त्रिशक्ति समुह माट्स नेपालका अनाथ वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । उनले जन्मदिवसको अवसरमा आज माट्स नेपालमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री वितरण गरेका हुन ।

माट्स नेपालको संरक्षणमा रहेको ८ बालबालिकाहरुलाई कापी, कलम र रंगीन पेन्सिल वितरण गरिएको हो । कार्यक्रममा माट्स नेपालका सदस्य सन्तोष श्रेष्ठ, सञ्चारकर्मीहरु सुरेन शाक्य र भेषराज कार्कीको उपस्थिती रहेको थियो । हाल विराटनगरमा बस्दै आएका कोइरालाले कयौ सामाजिक काम गरेका छन् उनले भित्तामा चित्र बनाउनेदेखि लिएर गरिब दिन दुखिलाई न्यानो कपडा बितरन संगै धेरै जसो बिरामीहरुलाई उपचार गराउन कोइरालाले सहजीकरण गरेका छन्।युवाहरु माझ लोकप्रिय बन्दै गरेको उनले आफ्नो जन्मदिनमा हिपमत डटकम संग भने मेरो जिम्मेवारीहरु अझै थपिदै गएको छ। जिवनमा सबैलाई हसाउने कोशिस गरिरहने छु।सकेको सामाजिक काम निरन्तर गर्ने छु।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया