हिपमत डटकम

शनिबार, आश्विन ०२, २०७८ || 261  पटक पढिएको

अल्पमतमा परिसकेका मुख्यमन्त्री भीम आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी गठबन्धनले गरेका छन् । तर, म मुख्यमन्त्री आचार्यले पनि आफ्नालाई ३ हप्ताका लागि भए पनि मन्त्री बनाउन मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारमा छोटो समयका लागि मन्त्री नबन्ने भन्दै कतिपय सांसदले विरोध गरेका छन् ।

प्रदेश १ प्रदेशसभाका विपक्षी गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र नेकपा एस र जसपाले अल्पमतमा परेको सरकारलाई सत्तामा बस्ने अधिकार नभएको भन्दै मार्ग प्रसस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्य दसैंको मुखमा विश्वासको मत लिने तयारीमा छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानअनुसार मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिनुपर्ने र नलिए अविश्वासको प्रस्ताव राखेर भए पनि हटाउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!