हिपमत डटकम

शुक्रबार, आश्विन ०१, २०७८ || 340  पटक पढिएको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउपालिका स्थित इलाका स्वास्थ्य चाेकि सखडामा औषधीकाे चरम अभाव रहेको अवस्थामा एक सामाजिक संस्थाले निशुल्क औषधी प्रदान गरेका छन । धर्मि हल्फा महिला विकास क्लव लालापटिले औषधीकाे अभाव रहेको अवस्थालाई मध्यनजर गरि विभिन्न राेगका झण्डै एक दर्जन कम्पनिकाे औषधीहरु निशुल्क रुपमा स्वास्थ्य चौकीलाई प्रदान गरेका हुन । छिन्नमस्ता गाउपालिकामा विगत तीन बर्षदेखि गाउसभा नभएका कारणले गाउपालिकाबाट कुनै प्रकारकाे औषधीहरु उपलब्ध नगराएकाे खण्डमा उक्त संस्थाले अति आवश्यक औषधीहरु सहयाेग गरेकाे स्वास्थ चौकीका प्रमुख अजय झाले संस्था प्रति धन्यवाद ब्यक्त गरेका छन । क्लवले मेटराेन ५०० चक्कि , सिटामाेल ,बेटाडिन , सिप्राे लगायतका विभिन्न एक दर्जन कम्पनिकाे औषधीहरु प्रदान गरेकाे क्लवका अध्यक्ष एव समाजसेवी इ.सुर्य नारायण यादवले जानकारी दिनुभयाे । साेहि कार्यक्रममा स्वास्थ्य चौकी सखडाका प्रमुख अजय कुमार झा लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाइ खांदा तथा माला लगाएर सम्मान समेत गरेका थिए ।

स्वास्थ्य चोकी सखडा अन्तर्गत रहेका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ समेत १/१ थान थाल उपहार स्वरुप प्रदान गरेका छन । स्वास्थ्य चाेकि सखडाका प्रमुख अजय कुमार झाकाे अध्यक्ष तथा संस्थाका अध्यक्ष एवम् समाजसेवी ई सूर्य नारायण यादवकाे प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा मन्दिरका पीठाधीश महाकान्त ठाकुर लगायत स्थानीय व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । शुभ नारायण यादव

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!