पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो । केहि समय अगाडी श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । त्यसै समय देखि यता श्रृङ्खला र सिसनको प्रेम चर्चा सुरु भएता पनि । सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । सामाजिक संजाल र मिडियामा लामो समयदेखि यी दुइको प्रेमको खबर सार्वजनिक भएपनि यी दुई मौन नै बसेका थिए ।

तर, प्रेम दिवसको अवसर पारेर श्रृङ्खलाले सिसनसँगको प्रेम स्विकार गरेकी छिन् । श्रृङ्खलाले लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा भनिएको छ–‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।’

श्रृङ्खलाले घुमाउरो शैलीमा सिसनसँगको प्रेम स्विकार गरेको वुझ्न सकिन्छ भने श्रृङ्खलाको सो भिडियोको पछाडि सिसन मुस्कुराएका छन् । सायद, यो जोडीले प्रेम स्विकार गर्नका लागि प्रेम दिवसलाई नै कुरेको हुनुपर्छ भन्ने अनुमान समेत गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!