चर्चित गायक सुर्य खड्का र दुर्गा सापकोटाको स्वर रहेको ‘नैना रेशम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शिव अखेली को सब्द तथा सुर्य खड्काको संगीत रहेको सार्बजनिक गीतलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् भने राग रेकर्डिङ्ग एच डि स्टुडियो बाट उक्त गीतलाई रेकर्डिङ्ग गरिएको छ ।
उक्त सार्बजनिक गीतको भिडियोमा पछिल्लो समय “सक्किगोनि” बाट चर्चा कमाएका तथा केहि म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका मोडल सागर लम्साल (बले) र टिकटक बाट भाइरल भएका टुइन्स गर्ल्स अर्थात प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको देख्न सकिन्छ । काजिश श्रेष्ठले निर्देशन गरेको उक्त भिडियोलाई कोरियोग्राफ पनि स्वयम् काजिशले नै गरेका हुन् ।
दिपक बिस्टले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई सुर्य खड्काको युटुब च्यानल बाट सार्बजनिक गरिएको हो भने सार्बजनिक भएको केहि समयमा नै धेरैले हेरेर मन पराइसकेका छन् । धेरैले सकारात्मक प्रतिक्रिया समेत दीईसकेका छन् ।