हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 447  पटक पढिएको

अर्जुनधारा नगरपालिका-११ स्थितबाट ६ वटा बोरामा रहेका करिब १४ लाख ३३ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका कपडाहरु बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा उक्त परिमाणको कपडा फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको सामान प्रहरीले भन्सार कार्यालय काँकडभिट्टा पठाएको छ ।

 

यसैगरी मेचीनगर नगरपालिका-१० निन्दा पुलबाट करिब ४ लाख ५० हजार मूल्य बराबरको मोबाईलमा प्रयोग हुने एलसीडी बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले सवारी साधनहरु जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको उक्त एलसीडी फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!