हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 611  पटक पढिएको

जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् ।

यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ ।

बदाम
बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । यसमा भएको क्याल्सियम, भिटामिन ई, ओमेगा ३ फ्याट्टी एसिड र फस्फोरस हुन्छ र यी तत्त्वले हाड बलियो बनाउँछन् ।

फर्सीको बियाँ

हुन त कमै मान्छेलाई मात्र फर्सीको तरकारी मन पर्छ तर यसका भएका केही पोषक तत्त्व अरू तरकारीमा पाइँदैन । फर्सीको बियाँमा फोस्फोरस प्रचूर मात्रामा पाइने हुनाले हाडलाई बलियो बनाउँछ ।

गहुँको पाउरोटी

हाड बलियो बनाउनुछ भने आहारमा गहुँको पाउरोटी समावेश गर्नुस् । यसमा टन्नै फोस्फोरस हुन्छ ।

माछा
मांसाहारी हुनुहुन्छ भने माछा खाने गर्नुस् । यसमा भएको भिटामिन, खनिज र फोस्फोरस जस्ता पोषक तत्त्वले हाड बलियो बनाउँछ ।

गेडागुडी
गेडागुडीले पनि हाड बलियो बनाउँछ । आहारमा यसलाई समावेश गर्नुस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!