हिपमत डटकम

बुधबार, भाद्र ३०, २०७८ || 433  पटक पढिएको

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा सफल श्रीलङ्काका तीव्र गतिका बलर लसिथ मलिङ्गाले सन्यासको घोषणा गरेका छन् । सन् टी–२० विश्वकपका विजेता ३८ वर्षीय मलिङ्गाले रेकर्ड १ सय ७ अन्तर्राष्ट्रिय टी–२० विकेट लिएका छन् ।

उनले सन् २०११ मा टेस्ट र २०१९ मा एकदिवसीय खेलबाट सन्यास लिएर टी–२० क्रिकेट मात्र खेल्दै आइरहेका थिए । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफ्नो पूर्वसमकक्षी र आफूले प्रतिनिधित्व गरेका टोलीहरूलाई धन्यवाद दिएका छन् ।

मलिङ्गाले श्रीलङ्काका लागि अन्तिम पटक मार्च २०२० मा टी–२० क्रिकेट खेलेका थिए । आगामी अक्टोबरबाट हुने टी–२० विश्वकपको टोलीमा उनलाई समावेश गरिएन ।

सटिक योर्करका लागि चिनिने मलिङ्गाले सबै टी–२० खेलहरूमा २९५ खेलमा २३० विकेट लिएका छन् । उनीभन्दा अघि ड्वेन ब्रोभो, इमरान ताहिर र सुनिल नरेनमात्र रहेका छन् । उनले इन्डियन प्रिमियर लिगमा मात्र १७० विकेट लिएका छन् । मुम्बई इन्डियन्सबाट उनले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधिसमेत जिते ।

सन् २००४ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका मलिङ्गा अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्काका लागि सबैभन्दा धेरै विकेट लिनेमा तेस्रो स्थानमा रहेका छन् । उनले ३३८ विकेट लिन सफल रहे । एकदिवसीय क्रिकेटमा तीनवटा ह्याट्रिक लिने उनी एक मात्र खेलाडी हुन् । उनले दुईपटक चार बलमा चार विकेट लिएका छन् । ३० टेस्ट खेल्दै उनले १०१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!