मोरङको लेटाङ नगरपालिका-१ धोबिघाटका ६४ बर्षीय बल बहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ । मगर आज बिहान राती ४ बजेको समयमा पाँचथरे खोलामा लडेर मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मगरलाई खोलाको डिलमा मृत फेला पारेको थियो । मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।