सिरहा । प्रदेश २ सिरहाको मिर्चैयामा भव्य कलश शोभायात्रा सहित गणेश महोत्सव शुरु भएको छ । पुजा स्थलबाट गाँजाबाजा सहित निकालिएको शोभा–यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुजा स्थलमा कलश स्थापना गरि महोत्सव शुरु भएको हो ।
गणेश चतुर्थीको अवसरमा मिर्चैया नगरपालीका वडा नं.६ गणेशटोलद्वारा मनाइने सो महोत्सव विगतका वर्षहरु झै यस वर्ष पनि आयोजना गरेको हो ।
भदौ शुक्ल चतुर्थीको दिन प्रथम पुज्य भगवान गण्ेशको जन्मको सम्झनामा गणेश पुजा गर्न परम्परा रहेको छ । हिन्दू धर्मावलम्बीले कुनै काम शुरु गर्नुअघि भगवान गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । भगवान गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरुमा भक्तजनहरुको भिर लागेका छन् ।