जुगेश दास

शुक्रबार, भाद्र २५, २०७८ || 1170  पटक पढिएको

देवानगञ्ज सहित तराई क्षेत्रमा आज मधेसी समुदायका महिलाहरुले बिधिपुर्वक बिहानै गाईको गोबरले आँगल लिपेर र एउटा बेग्ले चुलो बनाएर चौरचन पुजाको लागि प्रसाद तयार पार्दछन् ।

हिन्दु धर्मावलम्बीहरुले चौरचन पर्वलाई विशेष महत्वको साथ मनाउँने गर्दछन् ।

आस्था एवं निष्ठापूर्वक मनाईने चौरचन पर्व आज तराई क्षेत्रमा मनाइँदै छ । तराई क्षेत्रमा मनाइने महत्वपूर्ण पर्वमध्ये चौरचन पर्व पनि एक हो। भदौ शुक्ल चतुर्थीको दिन फलफूल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ।

चौठचन्द (चौरचन) पर्वका दिन व्रतालु महिलाहरु निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको रुपमा अर्पण गर्छन् ।

आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । यसक्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाउने गरिन्छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले आजको दिन लोकपर्व चौठचन्द (चौरचन) पर्व मनाउने क्रममा गणेश र चन्द्रमाको कथा सुन्नेसमेत परम्परा रहिआएको छ ।

चौठचन्द्र (चौरचन) पर्व तराईको देवानगञ्जसहित सुनसरी , सपतरी, सिरहा, सर्लाही, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!