हिपमत डटकम

बिहिबार, भाद्र २४, २०७८ || 466  पटक पढिएको

एजेन्सी । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानीले तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारण खुलाएका छन् ।

तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए । देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर देश छाडेर भाग्नु काराण खुलाएका हुन् ।

जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाई छ । विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् ।

अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले अस्विकार गरेका छन् । काबुल छोड्दा गनीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो भाइरल भएको थियो ।

गनीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । अमेरिकाका विश्वासपात्र गनी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!