हिपमत डटकम

बुधबार, भाद्र २३, २०७८ || 455  पटक पढिएको

एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् ।

तीन पटकका विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा परीक्षणका क्रममा ट्युमर पहिचान भएको थियो । ८० वर्षका पेलेले निको हुनेमा आशावादी रहेको र उपचार प्रक्रियाभर आफ्नो अनुहारमा हाँसो ल्याउने बताएका छन् ।

पेलेले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो स्वास्थबारे जानकारी दिएका हुन् । यसअघि पेलेको अवस्था निकै खराब भएको र उनी अस्पतालमै ढलेको हल्ला पनि चलेको थियो ।

‘म बेहोश भएको थिइनँ र निकै राम्रो अवस्थामा छु,’ हल्लाको खण्डन गर्दै पेलेले भनेका छन्,‘महामारीका कारण लामो समय मेरो नियमित चेकजाँच प्रभावित भएको थियो र भर्खरै फेरि नियमित चेकजाँचका लागि गएको थियो,’ उनले लेखेका छन् ।

पेले विश्वका सर्वकालीन उत्कृष्ट फुटबलमध्ये एक मानिन्छन् । उनले आफ्नो क्लब र देशका लागि १ हजारभन्दा धेरै गोल गरेका छन् । ब्राजिलका लागि चार पटक विश्वकप खेलेका पेलेले १९५८, १९६२ र १९७० मा तीनपटक उपाधि जिते । तीन संस्करण विश्वकप जित्ने उनी एक्लो खेलाडी हुन् । ब्राजिलका लागि ९२ खेलमा उनले ७७ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!