हिपमत डटकम

आइतबार, भाद्र २०, २०७८ || 540  पटक पढिएको

मेम्फिस डिपेको दुई गोलको मद्दतले नेदरल्याण्डले विश्वकप छनोट अन्तरगत मोन्टिनेगरोविरुद्ध शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा नेदरल्याण्ड ४–० गोलले विजयी बनेका हो ।

बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका लागि ९ गोल गरेका छन् । टोलीका लागि उनको ३० औँ गोल थियो ।

खेलको ७० औँ मिनेटमा जर्जिनियो विजनाल्डमले अर्को गोल थपे । त्यसपछि कोडी गाक्पोले सुन्दर गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै नेदरल्याण्ड समूह जीको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको टर्कीसँग नेदरल्याण्डले मंगलबार भिड्नेछ । टर्कीले गिल्ब्राटारालाई ३–० ले हरायो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!