हिपमत डटकम

बिहिबार, भाद्र १७, २०७८ || 669  पटक पढिएको

चीनका टेक अर्बपति तथा अलीबाबाका संस्थापक ज्याक माले केही समय अघि वर्क कल्चरको विषयमा एउटा बयान दिएका थिए । यसमा उनले ‘९९६ वर्क कल्चर’ को वकालत गरेका थिए ।

९९६ को अर्थ – एउटा यस्तो कार्यस्थल जहाँ मानिसहरु बिहान ९ बजेदेखि ९ बजेसम्म हप्ताको ६ दिन काम गर्छन् ।

तर अब चीनका अधिकारीले कम्पनीलाई कडा चेतावनी जारी गर्दै यस प्रकारको ‘सजाय’ जस्तो कार्यतालिकालाई गैर–कानूनी बताएका छन् ।

पछिल्लो बिहिबार प्रकाशित एक संयुक्त बयानमा चीनको शीर्ष अदालत र श्रम मन्त्रालयले श्रम विवादसँग सम्बन्धित १० अदालती निर्णयलाई बिस्तारपूर्वक हेरिएको बताइएको छ । जसमध्ये थुप्रै विवाद यस्ता थिए जसमा श्रमिकलाई ओभरटाइम काम गर्नका लागि बाध्य पारिएको थियो ।

यो घटना कुनै एक विशेष क्षेत्रको थिएन । यसमा मिडिया, निर्माणक्षेत्रजस्ता थुप्रै क्षेत्र समावेश थिए । तर यी सबैमा एउटा समान कुरा के थियो भने यी विवादमा रोजगारदाताको हार भएको थियो ।

नोटिसमा चेतावनी दिँदै भनिएको छ, ‘कानूनी रुपमा, श्रमिकलाई सम्बन्धित क्षतीपूर्ति, आरामको समय वा छुट्टीको अधिकार छ । राष्ट्रिय स्तरमा तोकिएको कामको अवधिलाई पालना गर्नु रोजगारदाताको जिम्मेवारी हो । ’

जारी विवादमा श्रम विवादलाई हल गर्नका लागि अतिरिक्त दिशानिर्देश जारी गरिने कुरा पनि गरिएको छ ।

चीनको श्रम कानून अनुसार मानकको रुपमा एकदिनमा आठ घण्टा काम गर्ने प्रावधान छ र हप्तामा अधिकतम ४४ घण्टा । यदि कसैले योभन्दा बढी काम गरिरहेको छ भने उसलाई अतिरिक्त तलब दिन आवश्यक छ । तर यसको राम्रोसँग पालना हुन सकेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!