हिपमत डटकम

बुधबार, भाद्र १६, २०७८ || 590  पटक पढिएको

रथयात्रामा ५ लाख धर्मालम्वी सहभागि हुने आयोजकको हरेक बर्षको अनुमान हो । यसै तथ्याङ्कलाई टेकेर हेर्ने हो भने यसपटक कोरोना महामारीले परम्परा धान्न मात्र निकालिएको खट् यात्रामा कम्तिमा १ लाख सहभागि भए ।

‘मन्दिरदेखि रोडशेष हुँदै महेन्द्रचौक र बरगाछीदेखि राजवंशीचौक हुँदै बूढीगंगा गाउँपालिका र पुष्पलालचोकबाट मेनरोड हुँदै मन्दिर फर्कदा कम्तिमा १ लाखभन्दा बढी धर्मालम्बी सहभागि भए’ एक भक्तजनले भने, ‘बरू खटयात्राको साटो रथयात्रा नै निकालेको भए हुने थियो ।’

श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले मंगलबार विराटनगरमा निकालेको खटयात्राको १ लाख ५० हजारभन्दा बढी भक्तजनले प्रत्यक्ष रूपमा नजिक र टाढाबाट अवलोकन गरे । विराटनगरमा निस्कने गरेको रथयात्राको सुनसरी, मोरङ, झापासहित भारतका ५ लाखभन्दा बढी भक्तजनले अवलोकन गर्थे । रथयात्रा ननिस्कने भएपछि धेरै जनसंख्या पुगेनन् तर, संक्षिप्त सूचनाका आधारमा चोक–चोकमा धर्मालम्वीको धेरै नै भीड थियो ।

मंगलबार विराटनगरमा निकालिएको खटयात्रा जुन प्रकारले वृहत बन्न पुग्यो बरू खटयात्राको ठाउँमा रथयात्रा निकालेको भए हुने थियो भन्ने चर्चा चलेको छ । विराटनगर–१ पानीटंकी स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो पौने दुई बजे निस्किएको खटयात्राले डेढ घण्टाको समय लगाएर १५ किलोमिटरको दूरी तय गर्दै पुनः मन्दिरमा खटयात्रा समापन भएको थियो ।

पानीटंकीबाट निकालिएको खटयात्रा तीनपैनी चोक, अतिथि सदन, जलजला मोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, विजुली अफिस, बरगाछी, कञ्चनबारी, राजवंशी चोक, बुढीगंगा गाउँपालिकाको पञ्चमुखी शिव मन्दिर, पुष्पलाल चोक, ठ्लो राइस मिलको बाटो हुँदै पुनः राधाकृष्ण मन्दिरमा खटयात्रा पुरा भएको थियो ।

कोभिड–१९ महामारीको कारण ०७७ सालमा रथयात्राको ठाउँमा खटयात्रा निस्किएको थियो । गाडीमा निकालिएको ०७७ सालको खटयात्राले महेन्द्र चोकदेखि बरगाछी हुँदै मन्दिरसम्म आइपुगेको थियो । तर २०७८ सालको खटयात्राले रूट परिवर्तन गरेर ७ किलोमिटरको साटो १५ किलोमिटरको बाटो तय ग¥यो ।

राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझा, विराटनगरका मेयर भीम पराजुली, मन्दिरका मुख्य पुजारी गोपाल पौडेल लगायतका पदाधिकारी खट् बोकेको गाडीमा सवार भएर विराटनगरवासीलाई अभिनन्दन गरेका थिए ।

प्रसाद वितरण खट् बोकेको गाडीबाटै भएको थियो । अघिल्लो वर्ष खट्यात्रामा मन्त्रोच्चारण गरिएको थिएन भने यस पटक खट् बोकेको गाडीबाटै मन्त्रोच्चारण समेत गरिएको थियो । रथयात्रा आयोजक समितिले खटयात्रा निकाल्ने समय गोप्य राखेपनि खट निस्किएपछि बजार क्षेत्रमा दर्शन गर्ने भक्तजनको घुँइचो लागेको थियो ।

खट्यात्रा निस्किएपछि बजार क्षेत्रका उद्योगी, व्यापारी, कर्मचारी, अस्पतालका कुरूवा, चिकित्सक, विरामीहरू बाटोमै आएर दर्शन गरेका थिए । खट्लाई फुलको मालाले साधारण गरी सजाइएको थियो । खट्यात्राले जति बाटो तय गर्दै गयो, स्वस्फूर्त रूपमा विराटनगरवासीले मोटरसाइकल, गाडी, टेम्पो, सिटी सफारीमा खट् बोकेको गाडीलाई पछ्याएका थिए ।

खट्यात्रामा सुरक्षा व्यवस्था कमजोर देखियो । रथयात्रा निस्किएको बेला विगतका वर्षहरूमा जुन बाटो रथ निस्किन्थ्यो त्यो बाटो सवारीसाधनको हकमा पुरै छेक्ने गरिएको थियो । तर यस वर्षको खट्यात्रा निस्कदा सुरक्षाकर्मीले खासै महत्व नदिँदा अन्य सवारी साधनपनि खटयात्रासँगै मिसिन पुग्यो । जसको कारण आयोजकलाई सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो ।

खट् बोकेको गाडीको पछिपछि ३ दर्जनभन्दा बढी भक्तजनको राधे अंकित झण्डासहितको गाडी कुदेको थियो । त्यहीबीचमा सयौं सवारी साधन मिसिन पुगेका थिए, जुन सुरक्षाको दृष्टिकोणले गम्भीर र आपत्तीजनक बन्न पुग्यो । विराटनगरका युवा व्यवसायी गोपाल अग्रवालले खटयात्राको लागि चाहिने प्रसादको व्यस्थापन गरेका थिए । रथयात्रा आयोजक समितिका उपाध्यक्ष उद्योगी नन्दकिशोर राठीले १ लाख ५० हजारभन्दा बढी भक्तजनहरूले खट्यात्राको अवलोकन गरेको जानकारी गराए ।

खटयात्रा आयोजक समितिका सदस्य उद्योगी चम्पालाल राठीले कोभिड–१९ महामारी कालमा खट्यात्राप्रति विराटनगरवासीले जुन मोह र अपार माया देखाएका छन्, त्यसबाट आफू निकै हर्षित भएको बताए । भक्तजन संदीप अग्रवाल डाबरले कोभिड–१९ महामरीकालमा पनि आपूm सहित आफ्नो परिवारले खट्यात्राको प्रत्यक्ष दर्शन पाउँदा आपूmहरू धन्य भएको बताए ।

खट्यात्राको अवलोकनका लागि विराटनगर नगर क्षेत्राबट मात्र नभएर कटहरी, दुहबीदेखि भक्तजन आएर लामै समय खटको दर्शनका लागि पर्खिएका थिए । वि.सं. १९८८ सालदेखि विराटनगरमा खट्यात्रा निस्कन शुरू भएको हो । २०२५ सालदेखि खट्यात्रा रथयात्राको रूपमा परिणत भएको हो । विराटनगरको रथयात्रा दक्षिण एशियाकै दोस्रो ठूलो रथयात्रा मानिन्छ ।

कोभिड–१९ महामारीका कारण विगत २ वर्षदेखि लगातार रथयात्राको साटो खटयात्रा निकाल्न थालिएको छ । मंगलबार विराटनगरमा निकालिएको खटयात्राले भक्तजनको अपार माया पाएको छ । साधारण भन्दाभन्दै खटयात्राको वृहत रूपले नयाँ इतिहास कोरेको छ ।

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!