बिहिबार, फाल्गुण ०१, २०७६ || 840  पटक पढिएको

यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ट्रेलर हेर्दा चलचित्र म्यूजिकल लभस्टोरीमा निर्माण भएको देखिन्छ । अभिनेता पल शाह चलचित्रमा पनि पलको भूमिकामा प्रस्तुत छन् । उनी एक चर्चित गायक हुन्छन् । अभिनेत्री पूजा शर्मा उर्फ छाँया भने पलको गायनको फ्यान हुन्छिन् । उनी पनि गायन क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत छिन् ।

यसै क्रममा पल र पूजाको भेट हुन्छ र पूजालाई ठूलो गायिका बनाउन पलले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रमा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ ।दुई वर्ष अगाडिको सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गर्ने फिल्म पण्डितले अनुमान गरेका छन् । पल र पूजाको जोडी दोस्रो पटक पर्दामा देखिन लागेका यो चलचित्रको दर्शकमा निकै प्रतिक्षा भैरहेको छ । त्यसमाथि निर्देशक सुदर्शन थापाको एक्सन-कट भएका कारण चलचित्रप्रति ठूलो अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!