हिपमत डटकम

मंगलबार, भाद्र १५, २०७८ || 861  पटक पढिएको

श्री कृष्ण जन्मोत्सवको अवसर पारेर भक्तजनहरूले सोमबार हातमा सेनेटाइजर घसेर र मुखमा मास्क लगाएर भगवान ‘राधाकृष्ण’ को दर्शन गरे ।

विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि सेनेटाइजर र मास्कको व्यवस्था गरिएको थियो । निरन्तरको झरीले समेत भक्तजनको उत्साहमा केहि कमी हुन दिएको थिएन । भक्तजनहरूलाई सेनेटाइजर र मास्क वितरण गर्न मन्दिरको प्रवेशद्वारमा स्वयंसेवक खटिएका थिए ।

शान्ति युवा क्लबका स्वयंसेवकहरूले मन्दिरमा आउने प्रत्येक भक्तजनको मुखमा मास्क भएको नभएको अवलोकन गरेका थिए । तिनीहरूले मन्दिर प्रवेश गर्न खोज्ने भक्तजनहरूको हातमा सेनेटाइजर छर्कने गरेका थिए भने मुखमा मास्क नलगाई आउनेलाई मास्क समेत दिने गरेका थिए ।

 

मन्दिर समितिले कोभिड–१९ को महामारीका कारण आइपर्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य प्रोटोकल आवलम्बन गरेको थियो । कतिपय भक्तजनका मुखमा मास्क थियो भने केहि मास्क बेगरनै मन्दिर पुगेका थिए । मास्क नलगाई मन्दिर पुगेका भक्तजनहरूलाई मन्दिर परिसरको प्रवेश द्वारमा नै रोकेर मास्क वितरण गर्ने गरिएको थियो ।

भक्तजनहरूले मन्दिर परिसर प्रवेश गरेपनि भगवान राधाकृष्ण आसनस्थल पुग्न पाएनन् । आसनस्थललाई सटर ग्रीलले छेकिएको थियो । सटर बाहिरबाटै भक्तजनले अगरबत्ती बालेर, फुलप्रसाद चढाएर ‘राधाकृष्ण’ को दर्शन गरे ।

मन्दिरका मुख्य पुजारी गोपाल पौडेलले न्यू सृष्टि दैनिकसँग कुरा गर्दै कोरोनाको संक्रमण केहि कम देखिएपनि जोखिम पूर्ण न्यून नभइसकेको अवस्थामा सकेसम्म स्वास्थ्य मापदण्डको पालना गरिएको बताए । तर दिउँसो भक्तजन कम भएपछि मास्क र सेनेटाइजर वितरण गरिएको थिएन ।

मुख्य प्रवेशद्वारमा भक्तजनलाई स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न लगाइएपनि सटर अधिल्लतीर भीडभाडका कारण भक्तजनहरूले सामाजिक दूरी अपनाउन भने कञ्जुस्याईं गरे । तीनटोलिया निवासी पुनम घिमिरेले भगवानको खेलामध्येको एक कोरोना संक्रमण भएको जिकिर गरिन् ।

उनले पृथ्वीमा पाप र अधर्म बढेको र मानिस घमण्डी र अहंकारी बन्दै गएको बताउँदै अहंकार र घमण्डको श्रृंखला तोड्न भगवानले कोरोनाका रूपमा मानिसलाई चेतावनी दिनु भएको जिकिर गरीन् । उनले मानिसले अझै टेरेनन् भने भगवानले अझै ठूलै विध्वंस मच्चाउने तर्क गरिन् ।
मन्दिर अघि बेलुन बेच्न बसेका मोहम्मद मारूख भने निरास थिए । यस वर्ष भक्तजनको मन्दिर आउने संख्यामा कमी आएको र यसको प्रत्यक्ष असर बेलुन व्यापारमा परेको भन्दै मो. मारूख उदास बने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!