हिपमत डटकम

सोमबार, भाद्र १४, २०७८ || 593  पटक पढिएको

एजेन्सी । काबुल अन्तरराष्ट्रिय विमानस्थललाई निशाना बनाएर सोमबार रकेट दागिएको छ । यसलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले विफल बनाइदिएको खबर छ । यद्यपि, हालसम्म कुनै जनधनको क्षती भएको खबर छैन ।
काबुलको यहि विमानस्थलबाट अमेरिकाले मानिसहरुलाई बाहिर निकालिरहेको छ र उसले मंगलबार ३१ डिसेमबरमा देश छोड्नुपर्ने छ ।

बिहान आएको रिपोर्टमा अफगानिस्तानको राधानीको विमानस्थललाई निशाना बनाएर पाँचवटा रकेट दागिएको बताइएको छ । यो रकेट कसले दागे, यसबारे हालसम्म स्पष्ट जानकारी प्राप्त छैन ।

यस्तै, आइतबार अमेरिकाले शहरमा एउटा ड्रोन हमला गरेको थियो । यसबारे अमेरिकी अधिकारीले उसले इस्लामिक स्टेट समूहका विमानस्थलमा हमला गर्न आइरहेका एक आत्मघाती हमलाकर्ताको हत्या गरिदिएको जानकारी दिए ।

यो अमेरिकाको दोस्रो ड्रोन हमला थियो । यसअघि उसले बिहिबार आइएसका षड्यन्त्रकारीलाई निशाना बनाएर ड्रोन हमला गरेका थिए । काबुल विमानस्थलबाहिर आइएसको आत्मघाती हमलामा १७० जना मारिएका थिए जसमा १३ अमेरिकी सैनिक पनि समावेश थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!