विराट गोल्डकप फुटबल ट्रष्टले ०७७÷०७८ मा आयोजना गरेको विराट गोल्डकपको आय व्यय अनुमोदन गरेको छ ।
ट्रष्टका अध्यक्ष सन्तोष बानियाँको सभापतित्वमा बसेको बैठकले गोल्डकप आयोजनामा संयोजन गर्ने मनोजविक्रम शाहलाई विशेष धन्यवाद समेत दिएको छ । आउँदो बुधबार पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरिने महासचिव मनोज बस्नेतले जानकारी दिएका छन् । सूत्रका अनुसार यसपटक गोल्डकप ८ लाखभन्दा बढी मुनाफा भएको छ ।
प्रदेश सरकार र विराटनगर महानगरपालिकाले मौखिक सहमति गरेको आधारमा रकम निकासा गरेको भए गोल्डकप झण्डै ४० लाख मुनाफामा जाने अवस्था थियो । प्रदेश सरकारले ४० लाख दिने भने पनि १५ लाख मात्र दिएको थियो । यसपटक प्रमुख आम्दानीका रूपमा गोल्डकप हेर्न आउने दर्शक देखिएका छन् जसबाट झण्डै ६० लाख रुपैयाँ संकलन भएको छ ।
‘कोरोना महामारीको दोस्रो भेरियण्ट सुरु हुनै लागेको बेला भएको गोल्डकप ऐतिहासिक रूपमा सफल भएको छ’ ट्रष्टका अध्यक्ष बानियाँले भने । संयोजक शाहले आफुलाई विश्वास गरेर दिएको जिम्मेवारी पूरा गरेको बताए ।