विराट राजवंशी समुदाय पूर्वी तराइको मूल आदिवासी एवं भूमिपूत्र भएकोले राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्न दबाव सृजना गरिन विराटनगरमा वृहत भेला आयोजना गरिने बताएका छ ।
विराटनगरमा उनीहरूले आज पत्रकार सम्मेलन गरि फागुन ६ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहहलमा विराट राजवंशीको १३ औै वृहत भेला हुने जानकारी गाराएको हो । भेला अगाडी विराटनगरमा विराट राजवंशीले आफ्नो जातिय भेषभूषा, भोषा, साँस्कृति पहिचान झल्काउने झाँकीसहित ¥यालिने निस्किने कार्यक्रम संयोजक कुशेश्वर राजवंशीले जानकारी दिए । उनका अनुसार भेलाको तीन दिन अगाडी शनिबार विराटनगरमा मोटसाइकल ¥याली निकालिने बताए ।
उनीहरूले विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गरिनुपर्ने पनि माग राखेका छन् । यस्तै भेडियारीस्थित विराट दरवार क्षेत्रको संरक्षण एवं सम्बद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनुपर्नेलागयतको माग राख्दै वृहत भेला हुने उनीहरूको भनाई छ ।