झापा मेचिनगर-१२ धाइजन स्थित मेची राजमार्गबाट करिब १४ लाख २८ हजार ५ सय ५२ रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ । ईलामबाट झापा तर्फ आउदै गरेको मे १ ज १८०७ नम्बरको पिकअप भेनलाई आज बिहान साढे ९ बजे चेकजाँच गर्ने क्रममा सोही भेन भित्र भन्सार छली लुकाई छिपाई ल्याएको उक्त मुल्य बराबरका लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ। बरामद गरिएको कपडा , भेन चालक मेचीनगर-७ बस्ने बिकास राजबंशी र पिकअप समेतलाई भन्सार कार्यालमा बुझाईने उक्त कार्यालयले जनाएको छ।