आइतबार, भाद्र १३, २०७८ || 586  पटक पढिएको

डिएसपी रोड अगाडि वडा प्रहरी कार्यालयदेखि १ सय मिटरको लम्बाईमा फलामको पोलमा सजाइएका गमलामा फूलको साटो घाँस उम्रिएका छन् ।

गोल्छाचौकको केहि दक्षिण वडा प्रहरीदेखि १ सय मिटर उत्तर नेको इन्स्योरेन्सको कार्यालय अगाडिसम्म सडकको दुवै किनारामा फलामका पोल गाडिएका छन् । ती पोलमा जोडी गमला राखिएका छन् । सडकका दुवै किनार ३ दर्जन हाराहारीमा पोल छन् । नगरलाई फूलले सजाएर सुन्दर र मनमोहक बनाउने उद्देश्य थियो । उचित रेखदेखको अभावमा नगरलाई पूmलले सजाउने योजनामाथि तुषारापात भएको छ ।

विराटनगर नगरक्षेत्रमा सेवाभावको लागि कुनै काम गर्नेभन्दा पनि समाचार बन्न र भाइरल हुनका लागि सर्वसाधारणदेखि पार्टीका ठुलाठुला नेताहरू लागिपरेका हुन्छन् । नाम र प्रचारवाजीका लागि गरिने कतिपय कार्यहरू दिगो हुँदैनन् । उचित स्याहार सुसारको अभावमा गमलामा रोपिएका फूलहरूलाई त्यहाँ उम्रिएका अग्ला अग्ला घाँसहरूले कुरूप बनाएको छ ।

सरोकारवाला निकाय गमलामा उम्रिएको घाँस उखेलेर नयाँ फूलको विरूवा रोप्न रूचिकर छैनन् । निर्वाचन क्षेत्र पूर्वाधार विकिास कार्यक्रम अन्तर्गत प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको बजेटबाट निर्माण गरिएका फलामको पोल र त्यहाँ सजाइएका गमलाबाट फूल गायब छन् ।

फूल गायब भएर अग्ला घाँस उम्रदा सहरलाई कुरूप बनाएको छ । न त ती घाँस उखेलेर फूल फुलाउन नगरवासी नै इच्छुक छन् । सेन्ट्रल मलका अघिल्लतिरपनि पोल र गमला छन् । मल परिसरलाई टिलिक्क पारिएपनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्ने दायित्व सम्झिएर घाँस उखेलेर फूल उमार्न भने मल प्रशासन उदासिन छ ।

कुनै पनि योजना वा कार्यक्रम सुरू गर्दा त्यो कतिको दिगो रहन्छ कि रहदैन भन्नेमा हेक्का राख्न जरूरी हुन्छ । संरचना निर्माण गरिएपछि त्यसको उचित रखरखाव र हेरचाह आवश्यक हुन्छ । जुन कार्यको लागि अग्रसर भइएको हो त्यसको प्रतिफल आउनु जरूरी हुन्छ । केवल फोटो खिचाउनकै लागि सार्वजनिक स्थानसँग खेलवाड गरिनु हुन्न । तर माननीयको बजेटबाट निर्माण गरिएका संरचना सानै भएपनि बदहालीमा परिणत भएको छ । रेखदेखको अभावमा फूलको साटो अग्ला घाँस उम्रदा पोलका गमलाहरू सर्वसाधारणका लागि खिसीट्युरीको विषय बनेको छ ।

विराटनगर–३ का दिनेश दाहालले घरमा बाख्रा पालेको र ती बाख्राहरूलाई घाँस यिनै गमलाबाट लैजाने भन्दै व्यङ्ग कसे । उनले साधारण गमलाको फूल उखेल्न नसक्ने सरोकारवालाबाट नगर र देश निर्माणको बारेमा सोच्नु हतारिएको हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!