हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 554  पटक पढिएको

लिग वानअन्तर्गत आज पेरिस सेन्ट जर्माइन (पिएसजी) र रेइम्स्बीच प्रतिस्पर्धा हुँदछ । नेपाली समयअनुसार यो खेल मध्यराती १२ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ ।

र, मेस्सीले पनि यस खेलमा सहभागिजता जनाउनसक्नेछन् । यसअघि प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गरेका थिए । तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्नेछन् भन्ने तय भइसकेको छैन ।

मेस्सी वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रनसक्छन् । कोपा अमेरिकापछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० मिनेटमात्रै मैदानमा देखिनसक्छन् ।

पोचेटिन्होले मेस्सीलाई दाँयातर्फ, नेइमारलाई बायाँतर्फ र कालियन एमबाप्पेलाई सेन्टरबाट खेलाउने संभावना धेरै छ । माउरो इकार्डी अहिले घाइते छन् । त्यहीकारण मेस्सीले सेन्टर फरवार्डका रुपमा पनि खेल्नसक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!