हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 625  पटक पढिएको

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान अहिले विवादमा तानिएका छन् । आफ्नो सरकारको प्रचार गर्नका लागि सार्वजनिक गरिएका पोस्टर र ब्यानरमा भारतीय जनताको फोटो समावेश गरेको आरोप विपक्षीहरुले उनीमाथि लगाएका हुन् ।

तीन वर्षका उपलब्धिको बयान
पाकिस्तानमा इमरान खान प्रधानमन्त्री चुनिएको तीन वर्ष पुगेको छ । यस अवसरमा उनले आफ्ना उपलब्धिबारे जनतालाई जानकारी दिन र आफ्नो पार्टी पिटिआईको प्रचार गर्नका लागि पोस्टर, ब्यानर र पर्चा छपाउन लगाएका थिए । आगामी चुनावको तयारीलाई समेत मध्यनजर गरेर यस्तो गरिएको थियो ।

बुधबार विशेष कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री इमरान खान आफैंले पोस्टर र ब्यानर सार्वजनिक गरे । अहिले यी ब्यानर र पोस्टरले उनलाई विवादमा तानेको छ । यस पोस्टरमा भारतीय जनताका तस्बिरहरु दुरुपयोग गरिएको आरोप पाकिस्तान मुस्लिम लिगकी सांसद् र पूर्वमन्त्री मरियम औरंगजेबले लगाएकी छिन् ।

ट्वीटमार्फत मरियमले यस्तो आरोप लगाएकी हुन् । उनका अनुसार इमेजबजार डटकम नामक भारतीय वेबसाइटबाट यी तस्विर तानिएका हुन् । ‘देशमा बेरोजगारी र महँगी यति धेरै बढेको छ कि सरकारलाई झुठ बोल्नका लागि भारतका तस्विरहरुको सहारा लिनु परिरहेको छ । अब त प्रमाण बाहिर आइसकेको छ । पाकिस्तानको खुसीको तस्बिर सरकारले कसरी ल्याओस् ? यदी यो सरकारले केही काम गरेको हुन्थ्यों भने भारतीयको तस्बिरको प्रयोग किन गरिन्थ्यों ? यो चोरको सरकार हो, जसले चोरेर काम चलाइरहेको छ,’ मरियमले लेखेकी छिन् ।

पाकिस्तान पिपुल्स पार्टी (पिटिआई) का प्रमुख बिलावल भुट्टो जरदारीले पनि खानको ठूलो आलोचना गरेका छन् । ‘यो सरकारको वास्तविकता यस्तो छ । इमरान खानले देशलाई बर्बाद गरेका छन् । उनी आफैंलाई पनि यो थाहा छ, तर कुर्सी छाड्न जान्दैनन्,’ भुट्टोले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!