बिहिबार, फाल्गुण ०१, २०७६ || 921  पटक पढिएको

नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवालको मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षीया सिलवालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी बिगत सात वर्ष देखि नेपाली सिनेमा क्षेत्रमा संघर्षरत थिइन् । अभिनय कलामा पोख्त महिमा दुई दर्जन नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका सुब्बासाहेब, ब्लाइफ्रेण्ड सकस, मिसन ४२०, धुम–२ बादशाह लगायतका सिनेमा लोकप्रिय छन् । मोडलिङको रंगीन दुनियाबाट उनी सिनेमा क्षेत्रमा आइपुगेकी थिइन । पछिल्लो समय पनि उनी नेपाल चलचित्र संगै भोजपुरी चलचित्रको सुटिङहरुमा नै व्यस्त थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!