हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 593  पटक पढिएको

१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई उसको घरेलु मैदान एनफिल्डमा बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा चेल्सीका रिस जेम्सले रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । तर, शनिबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको २२ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि मेसन माउन्टले चेल्सीको अग्रता दोब्बर पार्ने अवसर गुमाए । पहिलो हाफको इन्जुरी समयमा जेम्सले साडियो मानेको प्रहारलाई हातले गोल हुनबाट रोकेपछि रातो कार्ड पाए भने लिभरपुलले पेनाल्टी पायाो ।

जसलाई मोहमद शलाहले सजिलै गोलमा परिणत गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा भने दुवै टोलीले गोल थप्न सकेनन् र खेल १–१ गोलकै अवस्थामा सकियो ।

शनिबार नै भएका अन्य खेलमा एभर्टनले ब्राइटनलाई २–० गोलले हरायो भने लेस्टर सिटीले नर्विचलाई २–१ गोलको पराजित गर्न सफल रह्यो । शीर्ष स्थानमा रहेको वेस्ट ह्याम भने क्रिस्टल प्यालेसँग २–२ को बराबरीमा रोकियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!