हिपमत डटकम

शनिबार, भाद्र १२, २०७८ || 701  पटक पढिएको
file photo

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको विस्फोट पछि स्वास्थ्य सुविधामा कमी आएको समाचारहरू प्रकाशित भइरहेका छन् । यसबीच तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमितरुपमा आफ्नो काममा फर्कन भनेको छ । इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा हुनेछैन ।’

अफगानिस्तानमा तालिबानको पुनरागमनपछि महिलाहरू काममा फर्कन पाउने छन् या छैनन् भन्ने विषयमा अन्योल रहेको छ । काबुल प्रवेश गरेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले शरिया कानुनअनुसार महिलालाई अधिकार दिने स्पष्ट पारेका थिए ।

मुजाहिदले भनेका थिए, ‘हामी शरिया व्यवस्थाअन्तरगत महिलाको अधिकार तय गर्नका लागि प्रतिबद्ध छौँ । महिलाहरू हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौँ कि उनीहरूसँग कुनै भेदभाव गरिनेछैन ।’

अन्य तालिबान नेताहरूले पनि महिलाहरू काम गर्न दिने बारे बयान दिँदै आएका छन् । यद्यपि, अहिलेसम्म उनीहरूको स्पष्ट नीति बाहिर आएको छैन ।

बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!