हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 583  पटक पढिएको

ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् ।

स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई जानकारी दिइसकेका छन् । यसअघि रोनाल्डोले क्लबमै बस्ने निर्णय गरेका थिए । तर पछिल्लो समय उनको मुड परिवर्तन भइसकेको छ ।

युभेन्टस् अहिले रोनाल्डोका लागि उपयुक्त मुल्यको प्रतिक्षामा छ । मार्काका अनुसार ३ करोड युरोको हाराहारीमा रकम प्राप्त भए युभेन्टस्ले उनलाई बेच्नसक्छ । रोनाल्डोलाई भित्र्याउने अभियानमा म्यानचेस्टर सिटी निकै अघि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!