कोभीड–१९ भाइरसको संक्रमण सुरू भएको दुई वर्ष पुग्नै लागेको छ । यो पौने दुई वर्षको अवधिमा विश्वका कयौं मानिसले ज्यान गुमाइ सकेका छन् । नेपालकै ुकरा गर्ने हो भने यही भदौ ७ गतेसम्ममा साढे ७ लाख व्यक्ति कोरोना संक्रमित भए, ७ लाख व्यक्ति उपचारपछि निको भएका र १० हजार ५ सय ३३ जना व्यक्तिले ज्यान गुमाएका छन् ।
सोही अवधिमा विश्वमा २१ करोड ३३ लाख ३८ हजार ५३५ जना व्यक्ति कोभीड–१९ बाट संक्रमित भए, १९ करोड नौ लाख ३ हजार ८४१ जना व्यक्ति संक्रमणबाट निको भए र ४४ लाख ५४ हजार ४९ जनाले ज्यान गुमाएका छन् । यो माथि उल्लेख गरिएको आँकडा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटबाट लिइएको हो ।
यो आँकडाले पुष्टि के गर्दछ भने कोभीड–१९ विरूद्ध विश्वका मै हुँ भन्ने शक्ति राष्ट्रहरूले कोभीड–१९ को संक्रमण रोक्नबाट आंशिक रूपमा हार खानु परेको अवस्था जगजाहेर छ ।
सन् २०१९ मा चीनको बुहानबाट उत्पति भएको भनिएको कोभीड–१९ को भाइरस संक्रमण चीनमा भन्दा नि अरू मुलुकमा ज्यादा फैलिन पुग्यो । चीनले लकडाउन लगाएरै कोभीड–१९ को संक्रमणलाई पूर्णरूपले नियन्त्रण गर्न सक्यो । लकडाउनले मात्र कोभीड–१९ को संक्रमण नियन्त्रण गर्न असम्भव हुन्छ भन्दै मास्क लगाउने कार्यलाई व्यापक बनाइयो ।
मास्क लगाउने त्यो कार्य नेपालले पनि अनुसरण ग¥यो । अन्धधुन्ध मास्कको आयात, उत्पादन र बिक्री वितरण गरियो । कोभीड–१९ संक्रमणको सुरूको वर्ष मास्क नेपालीहरूमाझ पनि निकै नै लोकप्रिय बन्न पुग्यो । कोभीड–१९ संक्रमणले निक्कै नै त्राहिमाम बनाएको अवस्थामा मास्कलाई नै कोभीड–१९ संक्रमणको नियन्त्रण गर्ने अचूक अस्त्रको रूपमा नेपालीहरूले पनि ग्रहण गर्न पुगे ।
तर कोभीड–१९ संक्रमणको दोस्रो वर्ष पूरा नहुँदै मानिसले मास्क प्रयोगलाई बेवास्ता गर्न थालेका छन् । जुन संस्था वा व्यक्तिले मास्क लगाउनु पर्दछ भनेर बढी आवाज बुलन्द गर्दछन्, उनैले मास्क प्रयोग नगर्ने अवस्था सिर्जना भएको छ । अर्थात मास्क प्रयोगको प्रचारकहरू नै मास्क प्रयोग गर्दैनन् ।
यही कारण कोभीड–१९ को न्यूनीकरणमा खास उपलव्धि हाँसिल हुन नसकेको हो भन्न सकिने थुप्रै आधारहरू यहाँ प्राप्त गर्न सकिन्छ । नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहिरहने सबै सुरक्षाकर्मीले मास्क प्रयोग गरेका हुँदैनन् । त्यस्तै सरकारी अड्डा मालपोत, नापी, यातायात, राजश्व, भन्सार, विद्युत, टेलिकमजस्ता कार्यालयहरूमा कार्यरत सबै कर्मचारी र सेवाग्राहीहरूले मास्क प्रयोग नगरेको अवस्था विद्यमान छ ।
निजी क्षेत्रका सार्वजनिक, बैंक तथा वित्तीय संस्था, पसल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट, बसपार्क आदि ठाउँहरूमा मास्कबिना कर्मचारीहरू काम गरिरहेका हुन्छन् । सडकमा हिंडडुल गर्ने यात्रुहरूको त कुरै छाडौं । सारमा भन्नु पर्दा कोभीड–१९ बाट बच्न मास्क लगाउनु पर्दछ भन्ने मान्यता स्थापित भए पनि यसलाई मातहत निकायबाटै कार्यान्वयनमा बेवास्ता गरिएको अवस्था छ ।
त्यसको असर सर्वसाधारणमा त पर्ने नै भयो अनि उनीहरूले किन लगाउनु प¥यो त मास्क ? यसरी कोभीड–१९ को नियन्त्रण गर्ने एउटा साधान बनेको मास्क प्रयोगमा बेवास्ता गरिंदा कति मानिसको धनजनको क्षति हुन पुगेको छ त्यसको सही मूल्याङ्कन र समय छँदै समीक्षा गरिएको छैन । राजनीति दलहरू सबैभन्दा बढी कोभीड–१९ को संक्रमण र बिस्तारक हुन् भन्दा फरक पर्दैन ।
उनीहरूले नै सभासम्मेलनका नाममा मानिसहरूको भीड जम्मा गरेर घण्टौं एक ठाउँमा मास्कप्रयोगबिनै सारमाजिक दूरी कायम नगरिकन कार्यक्रमस्थलमा राख्ने गरिएका कयौं घटनाहरू अद्यापि कायमै छन् । यसलाई राज्यले रोक्नुको साटो उल्टै प्रोत्साहन दिने काम गरिएको छ ।
यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।