हिपमत डटकम

बिहिबार, भाद्र १०, २०७८ || 512  पटक पढिएको

अफगानिस्तानको पुनर्निर्माणको परियोजनाका लागि विशेष अमेरिकी निरीक्षकले देशको कूल बजेटको ८० प्रतिशत हिस्सा विदेशी मद्दतबाट पाइने बताएका छन् ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण स्थापित भएपछि यी आर्थिक मद्दत बन्द हुने हुन् कि भन्ने खतरा तेर्सिएको छ ।

हालसम्म थुप्रै अन्तरराष्ट्रिय संगठन, वित्तिय संस्था र केही देशले अफगानिस्तानलाई दिइने आर्थिक मद्दत रोकेका छ ।

– विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएको परियोजनाबाट आफ्नो हात झिकेको छ ।

– अगस्टमा अन्तर्राष्ट्रिय मुद्रा कोषको तर्फबाट अफगान सरकारले ४४० मिलियन डलरका मद्दत पाउँदै थियो जुन अब स्थगित भएको छ ।

– अमेरिकाले अफगानिस्तानलाई सात अर्ब डलरको विदेशी मुद्रा भण्डार फ्रिज गरिदिएको छ ।

– जर्मनीले पनि अफगानिस्तानलाई दिइने आर्थिक सहायता रोक्ने निर्णय गरेको छ । यस वर्ष उसले अफगानिस्तानलाई ३०० मिलियन डलर दिँदै थियो । स्वीडेन र फिनल्याण्डले पनि यस्तै कदम उठाएको छ ।

– युरोपेली संघले पनि अफगानिस्तानको विकासमा मद्दत दिइने आर्थिक सहायता रोकिदिने बताएको छ । युरोपेली संघको तर्फबाट अफगानिस्तानले सन् २०२१ देखि २०२४ का बीच १.४ अर्ब डलरको रकम पाउँदै थियो ।

यद्यपि, अर्कोतर्फ मानवीय सहायतास्वरुप दिइने मद्दत बढ्न आशा जताइँदैछ ।

१९ अगस्टमा बेलायतले यस वर्ष मानवीय सहायताको रुपमा दिइने रकम बढाएर २६८ मिलियन पाउन्ड गरिदिनेछ ।

यद्यपि, प्रधानमन्त्री बोरिस जोनसनको सरकारले तालिबान आएपछि यो राशि भुक्तानीमा केही असर पर्ने नपर्ने बारे कुनै प्रतिक्रिया दिएको छैन ।

अघिल्लो वर्ष अफगानिस्तानका दान दाता संगठन र देशबीच आयोजना भएको एक सम्मेलनमा उसलाई १२ अर्ब डलरको सहायता रकम दिने बचन दिइएको थियो ।

तर सत्तामा आएको परिवर्तनले यो भुक्तानीमा कस्तो असर पर्छ, यो अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!