हिपमत डटकम

बिहिबार, भाद्र १०, २०७८ || 406  पटक पढिएको

पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले १६ करोड युरोमा कालियन एमबाप्पेलाई बेच्न नसकिने टिप्पणी गरेका छन् । यसअघि रियल म्याड्रिडले एमबाप्पेका लागि १६ करोड प्रस्ताव गरेको थियो ।

तर, केही शर्तहरु पूरा भएमा उनलाई बेच्न सकिने पनि संकेत गरेका छन् । जसअनुसार २२ करोड पाउने अवस्था निम्तिएमा पिएसजीले बाप्पेलाई बेच्नसक्ने स्पेनिस वेवसाइट मार्काले जनाएको छ ।

लियोनार्दोका अनुसार चार वर्षअघि मोनाकोबाट एमबाप्पेलाई भित्र्याउँदा पिएसजीले १६ करोडभन्दा धेरै खर्चने प्रतिवद्धता जनाएको थियो । पिएसजीले १४ करोड ५० लाख युरो स्थानान्तरणका लागि तिरेको थियो । त्यसैगरी, बाप्पेलाई बेच्ने वा नवीकरण गर्ने अवस्थामा उसले ३ करोड ५० लाख तिर्ने जनाएको थियो ।

यस रकमलाई असुली गर्नका लागि पिएसजीले कम्तिमा एमबाप्पेलाई २२ करोडमा बेच्नुपर्नेछ । यो रकम सन् २०१७ मा नेइमारले बार्सिलोनाका लागि तिरेको रकमभन्दा २० लाखले मात्र कम हो । यसअघि नेइमारलाई पिएसजीले २२ करोड २० लाख युरोमा किनेको थियो, जो विश्व फुटबलकै उच्च स्थानान्तरण रकम हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!